Friday, May 4, 2012

परीक्षा कोठामा पानी लैजाँदा बढी प्राप्तांक

हालैको अनुसन्धानले परीक्षामा पानीको बोतल लिएर जाँदा जाँच राम्रो हुने र प्राप्तांक बढ्न सक्ने देखाएको छ । यो अनुसन्धान वेष्ट मिनिस्टर विश्वविद्यालयमा भएको हो । अनुसन्धानमा देखिए अनुसार परीक्षामा कुनै पेयपदार्थ, मुख्यरुपमा पानी लिएर जान्छन्, उनीहरुले कुनै पनि पेयपदार्थ नलिई जाँच दिनेहरुको दाँजोमा १० प्रतिशत बढी राम्रो प्रदर्शन गर्छन् । यो अध्ययनमा स्नातक पहिलो, दोश्रो वर्ष र सँगै प्रवीणता तहका विद्यार्थीहरुको अध्ययन गरिएको थियो । अध्ययनमा परीक्षा कोठामा पेयपदार्थ ल्याउँदा पर्ने प्रभाव जान्ने प्रयास गरिएको थियो । अनुसन्धान अनुसार, आपूmसँग पेयपदार्थ ल्याउनेहरुको प्रदर्शनमा औसतरुपमा पाँच प्रतिशत सुधार हुन्छ । यसमा अबदेखि विचार पु¥याउने हो कि ?

 (साभारः कान्तिपुर दैनिक, २०६९ बैशाख २३ गते शनिवार)

Friday, February 10, 2012

प्रशोधित पानी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण उद्योगी साथीहरुको हातेमालो जरुरी


काठमाडौ उपत्यकामा प्रशोधित पानीको उद्योग फस्टाउँदो छ । अन्य कुनै पनि उद्योगले भन्दा प्रशोधित पानी उद्योगले रोजगारी सृजना कम गरेको छैन । नेपालका उत्पादनशील युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढेको परिप्रेक्ष्यमा यस उद्योगले देशमै रोजगारीको अवसर सृजना गरेकोलाई कम ठान्नु हुँदैन । सेवामूलक उद्योग भएपनि यस उद्योगले उत्पादनमूलक उद्योग सरह रोजगारीको सृजना गरी सरकारी दायित्वलाई समेत पूरा गरेको मान्न सकिन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरी इलाकामा स्वच्छ खानेपानी पु¥याउनु पर्ने सरकारी दायित्वलाई केही हदसम्म यस उद्योगले बिना सहयोग आफ्नो अमूल्य भूमिका निर्वाह गरिरहेको कुरा घाम जतिकै छर्लङ्ग छ ।

आउँदा दिनहरुमा सरकारी निकायको तर्फबाट यस क्षेत्रका उद्योगीहरुलाई विभिन्न सहयोग दिनुपर्ने अत्यन्त जरुरी देखिन्छ । करमा छुट, प्रशोधन सामग्रीमा भन्सार छुट, पानी बोक्ने गाडीमा भन्सार छुट, विभिन्न सरकारी निकायहरुले गर्ने झैं झमेलाहरुलाई यथाशिघ्र समाधान गर्नुपर्ने, यस उद्योगको अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा सहयोगी भूमिका निभाउनु पर्ने, विभिन्न किसिमका गुणस्तरयुक्त पानी उत्पादनका लागि देश विदेश तालिममा सहभागी गराउनु पर्ने, यस क्षेत्रको हकहितका लागि महत्वपूर्ण सहयोगी भूमिका निभाउनु पर्ने देखिन्छ ।