काठमाडौ उपत्यकामा प्रशोधित पानीको उद्योग फस्टाउँदो छ । अन्य कुनै पनि उद्योगले भन्दा प्रशोधित पानी उद्योगले रोजगारी सृजना कम गरेको छैन । नेपालका उत्पादनशील युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढेको परिप्रेक्ष्यमा यस उद्योगले देशमै रोजगारीको अवसर सृजना गरेकोलाई कम ठान्नु हुँदैन । सेवामूलक उद्योग भएपनि यस उद्योगले उत्पादनमूलक उद्योग सरह रोजगारीको सृजना गरी सरकारी दायित्वलाई समेत पूरा गरेको मान्न सकिन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरी इलाकामा स्वच्छ खानेपानी पु¥याउनु पर्ने सरकारी दायित्वलाई केही हदसम्म यस उद्योगले बिना सहयोग आफ्नो अमूल्य भूमिका निर्वाह गरिरहेको कुरा घाम जतिकै छर्लङ्ग छ ।
आउँदा दिनहरुमा सरकारी निकायको तर्फबाट यस क्षेत्रका उद्योगीहरुलाई विभिन्न सहयोग दिनुपर्ने अत्यन्त जरुरी देखिन्छ । करमा छुट, प्रशोधन सामग्रीमा भन्सार छुट, पानी बोक्ने गाडीमा भन्सार छुट, विभिन्न सरकारी निकायहरुले गर्ने झैं झमेलाहरुलाई यथाशिघ्र समाधान गर्नुपर्ने, यस उद्योगको अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा सहयोगी भूमिका निभाउनु पर्ने, विभिन्न किसिमका गुणस्तरयुक्त पानी उत्पादनका लागि देश विदेश तालिममा सहभागी गराउनु पर्ने, यस क्षेत्रको हकहितका लागि महत्वपूर्ण सहयोगी भूमिका निभाउनु पर्ने देखिन्छ ।
No comments:
Post a Comment